काठमाडौं । नेकपा (एमाले) सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले संघीय निजामति सेवा सम्बन्धी विधेयकमा समावेश ‘कुलिङ अफ पिरियड’को विषयलाई लिएर माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै छानबिनको दायरामा ल्याउनुपर्ने माग गरेका छन्।
भट्टराईले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै दिइएको ‘कुलिङ अफ पिरियड’सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले विधेयकको प्रारम्भिक तयारीदेखि संसदमा पेस गर्ने प्रक्रिया सम्म प्रचण्डको संलग्नता रहेको भन्दै आजको अवस्थामा आएर यस विषयमा व्यंग्य गर्नुको औचित्य प्रश्न गरेका छन्।
भट्टराईले प्रचण्डलाई लक्षित गर्दै तीनवटा मुख्य प्रश्न उठाएका छन् —
भट्टराईले अन्त्यमा भनेका छन्, “आफ्नै बोली आफैलाई गलापासो नहोस!”
‘कुलिङ अफ पिरियड’ भनिने यो व्यवस्था कुनै व्यक्ति एकपटक उच्च पदमा बसेपछि पुनः सोही वा समान तहको पदमा फर्कनु अघिको अनिवार्य विश्रामकाल (cooling-off period) हो। निजामति सेवा सुधारसँग सम्बन्धित यो विषय अहिले संसद र राजनीतिक वृत्तमा निकै विवादको विषय बनेको छ।
भट्टराईको यो टिप्पणीसँगै ‘कुलिङ अफ पिरियड’को राजनीतिक आयाम थप चर्किएको छ। प्रचण्डले यसमा सार्वजनिक जवाफ दिने कि नदिने भन्ने चासो पनि थपिएको छ।
प्रतिक्रिया दिनुहोस्