Ads

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा पौडेल, रजिस्ट्रारमा कार्की


सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई नियुक्त गर्न सिफारिस गरिएको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा सोमबार बसेको न्याय सेवा आयोगको बैठकले रजिस्ट्रार पौडेललाई मुख्य रजिस्ट्रारमा बढुवा गर्न सिफारिस गरेको हो।

यसअघिका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबार अनिवार्य अवकासमा गएपछि रिक्त पदमा पौडेललाई सिफारिस गरिएको हो।

यस्तै रजिस्ट्रारमा सर्वोच्च अदालतकै सहरजिस्ट्रार मानबहादुर कार्कीलाई सिफारिस गरिएको छ। अब मन्त्रिपरिषद्ले बढुवाको निर्णय गरेपछि उनीहरूको पदस्थापन हुनेछ।

Ads

सम्बन्धित पोष्टहरू