Ads

एमसिसीले नेपालमा निरन्तरता पाउने


अमेरिकी सहयोग संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत नेपालमा सञ्चालन हुँदै आएका विकास परियोजनाहरूलाई पुनः निरन्तरता दिने निर्णय भएको छ।

अर्थ मन्त्रालयका अनुसार, जुलाई २४ तारिखमा एमसिसीले पठाएको पत्रमार्फत पुनरावलोकन प्रक्रिया सम्पन्न भएको र नेपाल कम्प्याक्टलाई निरन्तरता दिन सिफारिस गरिएको जानकारी प्राप्त भएको छ।

यसअघि, अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकारी आदेशअनुसार सन् २०२४ जनवरी २० मा एमसिसी अन्तर्गतका सबै कार्यक्रमको पुनरावलोकन गर्न निर्णय गरिएको थियो। सोही सन्दर्भमा अस्थायी रूपमा नेपालमा परियोजनाहरू स्थगित गरिएको थियो।

नेपाल सरकारले सन् २०१७ सेप्टेम्बर १४ (२०७४ भदौ २९) मा एमसिसीसँग “नेपाल कम्प्याक्ट” सम्झौता गरेको थियो, जसअनुसार नेपालको ऊर्जा प्रसारण र सडक पूर्वाधार विकासका लागि ५० करोड अमेरिकी डलरभन्दा बढी अनुदान रकम उपलब्ध गराइँदै आएको छ।

पुनरावलोकन सफलतापूर्वक सम्पन्न भई परियोजनाहरूलाई पुनः निरन्तरता दिइनु नेपालको पूर्वाधार विकासका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू