Ads

‘अनुकूल व्याख्याले हैन, समग्र बुझाइले पार्टी बलियो बन्छ’: उपमहासचिव शर्मा


नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र देखिएको असमझदारीबारे सामाजिक सञ्जाल र सञ्चार माध्यममा भइरहेका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

शर्माले सोमबार सामाजिक सञ्जालमार्फत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको मतभिन्नता सार्वजनिक भइरहेका बेला व्यक्तिगत व्याख्याभन्दा समग्र सन्दर्भलाई बुझ्न आग्रह गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, “हाम्रो पार्टी बारे सामाजिक सञ्जाल र सञ्चार माध्यममा भइरहेको टीका टिप्पणी प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आफ्नो अनुकूल व्याख्या गर्नु भन्दा समग्र पक्ष अध्ययन गर्न सबैमा आग्रह गर्दछु।”

शर्माको यो स्टाटसपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरू आएका छन्। कतिपयले शर्माको भनाइलाई पार्टीभित्रको अन्तर्विरोध लुकाउने प्रयास भनेका छन् भने केहीले यसलाई असमझदारी समाधान गर्न गरिएको संयमित अपीलका रूपमा बुझेका छन्।

एक सामाजिक सञ्जाल प्रयाेगकर्ताले लेखे,
“शर्माजीको स्टाटस पढ्दा लाग्छ—पार्टीभित्र गहिरो मतभिन्नता छ। तर, त्यसलाई लुकाउने होइन, पारदर्शिता आवश्यक छ।”

अर्का एक सामाजिक सञ्जाल प्रयाेगकर्ताकाे टिप्पणी थियाे,
“शर्माजीको अपिल संयमित छ। तर पार्टीका नेताहरूले आफ्ना भनाइ खुला रुपमा राख्दा कार्यकर्तामा अन्योल उत्पन्न हुन्छ।”

पार्टी अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीचको पछिल्लो समयको दूरी र सार्वजनिक धारणा फरक हुनु माओवादी केन्द्रभित्र नयाँ शक्ति सन्तुलनको सङ्केतका रूपमा पनि हेरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू