Ads

गहुँको बीउ गाडीमा लगेको आरोपमा अधिकृतलाई प्रहरी समक्ष बुझाइयो


सुधा देव
सप्तरी । सप्तरीको कञ्चनरुप नगरपलिकाले वितरण गर्न ल्याएको गहुँ बीउ चोरेर लग्दै गर्दा नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत रामसेवक यादवलाई पक्राउ गरेर स्थानीयले प्रहरीलाई बुझाएका छन् ।

कञ्चनरुप नगरपालिकामा गहुँको बीउको अभाव भएका बेला स्वास्थ्य शाखा प्रमुख यादबले हेल्थ लेखेको गाडीमा बुधबार एक बोरा गहुँ लैजाँदै क्रममा स्थानीयले पक्राउ गरेका हुन् ।

स्वास्थ्य शाखाका अधिकृत यादवले कञ्चनरुप नपाका ८ स्थित मगर टोल नजिक ३०१०२३ च ६५४२ नम्बरको गाडीमा बिउ लैजाने क्रममा पक्राउ गरिएको जनमत पार्टी कञ्चनरुपका नगर अध्यक्ष अनिल पंजियारले जाननकारी दिए । स्वास्थ्य शाखा अधिकृत गाडी समेत इलाका प्रहरी कार्यालय कंचनपुरको जिम्मा लगाएको छ ।

यादव भने गाडीमा गहुँको बोरा रहेको आफू थाह नभएको जिकिर गर्छन् । इलाका प्रहरी कार्यालयका डिएसपी रामकुमार यादवले यस विषयमा अनुसन्धान भइरहेको बताए ।

Ads

सम्बन्धित पोष्टहरू