Ads

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहिवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ९८ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ५८ पैसा कायम भएको छ ।

युरोपियन युरोको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा ताेकिएकाे छ । अष्ट्रेलियन डलर खरिद ८७ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८३ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५० पैसा रहेकाे छ ।

त्यस्तै, सिंगापुरे डलरको खरिददर ९५ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५० पैसा रहेको छ।

अन्य मुद्राकाे दर हेराैँ  

Ads

सम्बन्धित पोष्टहरू