प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरमै मन्त्रिपरिषद् बैठक बस्न लागेको छ।
बैठकको तयारी पूरा भइसकेको छ भने मन्त्रीहरू पनि बालुवाटार पुगिसकेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमै आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा सहभागी भएर सम्बोधन गरिरहेका छन्। सो कार्यक्रम सम्पन्न भएपछि मन्त्रिपरिषद् बैठक सुरु हुने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री ओली आज मध्यराति तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलन (एलएलडिसी)मा सहभागी हुन प्रस्थान गर्दैछन्।
नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८) चल्नेछ। सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति ११:५५ बजे फ्लाई दुबईमार्फत दुबई हुँदै तुर्कमेनिस्तान प्रस्थान गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओली सम्मेलन सम्पन्न गरेपछि साउन २३ गते (शुक्रबार) राति स्वदेश फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्