Ads

“क्रिकेटदेखि संगीतसम्म: सन्दीप लामिछानेको नयाँ अध्याय”


नेपाली क्रिकेटका चम्किला तारा सन्दीप लामिछाने अब संगीतको संसारमा पनि आफ्नो चमक फैलाउन लागेका छन्।

अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उचो बनाएका सन्दीपले सामाजिक सञ्जालमार्फत आफूले ‘सन्सी प्रोडक्सन’ नामक म्युजिक कम्पनीको सिइओको रूपमा औपचारिक रूपमा नयाँ अध्याय सुरु गरेको जानकारी दिएका छन्।

“क्रिकेटरको रूपमा, संगीत सधैं हाम्रो भावनाको अभिव्यक्तिको माध्यम बनिरह्यो,” सन्दीपले लेखेका छन्, “जितपछि ‘रातो र चन्द्र सूर्य’ गाउनेदेखि लिएर हरेक खुशी–दुखी गीतमार्फत बाँड्ने हाम्रो परम्परा नै छ। अब म यही संगीतलाई देश र प्रतिभाशाली कलाकारहरूसँग मिलेर अझ दिलछुने बनाउने प्रयासमा छु।”

सन्दीपले आफूले मैदान र संगीत दुवैबाट देशको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “तपाईंहरूको माया र साथप्रति आभारी छु। म नेपालको लागि मेरो सर्वोत्तम दिनेछु — चाहे त्यो पिचमा होस् वा स्टेजमा,” उनले भनेका छन्।

सन्दीपको यो बहुआयामिक यात्रालाई लिएर उनका फ्यानहरू सामाजिक सञ्जालमा शुभकामना र बधाईले भरिएका सन्देशहरू पठाइरहेका छन्। अब सन्दीपको छवि मात्र एक खेलाडीको नभई एक संगीतप्रेमी र निर्माता/नेताको रूपमा पनि देखिने छ।

Ads

सम्बन्धित पोष्टहरू