काठमाडौं । संघीय निजामती सेवा विधेयकमा प्रस्तावित ‘कुलिङ अफ पिरियड’ व्यवस्थासम्बन्धी संशोधन प्रक्रियामा भएको चलखेलको छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ।
प्रतिनिधिसभाका सदस्य जीवन परियार संयोजक रहेको समितिले प्रतिवेदन तयार पारी आज बुझाएको हो। समितिले प्रतिवेदन तयार गर्न जिम्मा पाएको २९ दिनपछि प्रतिवेदन बुझाएको हो।
प्रतिवेदनमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सोही समितिका सचिव सुरजकुमार दुरालाई संशोधन प्रक्रियामा देखिएको अनियमितताप्रति नैतिक रूपमा जिम्मेवार ठहर गरिएको छ।
समितिले संशोधन प्रक्रिया निष्पक्ष, पारदर्शी र विधिसम्मत हुन नसकेको उल्लेख गर्दै सुधारका लागि केही सुझावसमेत प्रतिवेदनमा उल्लेख गरेको छ।
प्रतिक्रिया दिनुहोस्