Ads

आज सुनको मुल्य सामान्य घट्यो


काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको एक सयले घटेर तोलाको एक लाख ९८ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यस अघि मंगलबार सुनको मुल्य अहिलेसम्मकै सबै भन्दा बढी तोलाको एक लाख ९८ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर २३०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २२८० मा कारोबार भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू