काठमाडौँ, । प्रतिनिधिसभाको आजको बैठकमा सांसद मनिष झाले भाषा आयोगमा अर्कै कृष्णप्रसाद न्यौपानेले तीन वर्षदेखि काम गरिरहेको समाचारले देश कसरी चलिरहेको छ भन्ने प्रष्ट हुने बताएका छन् । बैठकको आकस्मिक समयमा उनले संवैधानिक नियुक्तिसमेतमा यति लापरबाही हुनुले देश कसरी चलिरहेको छ भन्ने स्पष्ट हुने बताए ।
भिजिट भिसा प्रतिवेदनको पेज नं ४६ मा लेखिएको ‘मानव बेचबिखन’ शब्द उल्लेख गर्दै सांसद झाले त्यसमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे । ‘कुलिङ अफ पिरियड’का विषयमा राज्य व्यवस्था समितिका सभापतिलाई नैतिकताको प्रश्न भएकाले उनले राजीनामा दिनुपर्ने उनको भनाइ छ ।
सांसद रोशन कार्कीले भिजिट भिसाका नाममा नेपालीलाई मार्ने काम भएको भन्दै यसको विरोधमा संसद्को चौथो र पाँचौँ दल लागेको बताए। संसद्मा एउटै सांसद उठे पनि सम्बोधन गर्नुपर्नेमा दुई दलले लामो समयदेखि विरोध गरिरहँदा पनि सम्बोधन नहुनुले संसद् सरकारप्रति मात्र उत्तरदायी भइरहेको देखिएको उनको भनाइ छ । भिजिट भिसाका नाममा नेपालीलाई विदेशमा लगेर बेच्ने काम भएको भदै उनले यस्ता काम बन्द गर्न पनि माग गरे ।
प्रतिक्रिया दिनुहोस्