प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक निम्तो दिन भारतका विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् ।
विदेश सचिव मिश्री यही १ भदौमा नेपाल आउन लागेको भारतको विदेश मन्त्रालयले वेबसाइटमार्फत जनाएको छ । विदेश सचिव मिश्री एक वर्षको बीचमा दोस्रोपटक नेपाल आउन लागेका हुन् ।
प्रधानमन्त्री ओलीले आगामी ३१ भदौमा भारत भ्रमण गर्ने तयारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्