मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आजको दिन प्रेम सम्बन्धमा निकटता र गहिरो आत्मीयता बढ्नेछ । प्रयास गर्दा महत्त्वपूर्ण सफलता हात लाग्नेछ । साथीभाइ र सहयोगीहरूको साथले आत्मबल बढ्नेछ । प्रतीक्षित उपलब्धि प्राप्त हुने समय छ । जनसम्पर्क, नेटवर्किङ तथा सार्वजनिक सम्बन्धमार्फत आम्दानीको नयाँ बाटो खुल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)परिवारजन वा जीवनसाथीसँग मतभेद र झैझगडाको सम्भावना देखिन्छ । यात्रा स्थगन गर्नु राम्रो हुन्छ । पढाइ र करियर प्रति ध्यान केन्द्रित नगर्दा असर पर्न सक्छ । खर्च र ऋणले तनाव दिन सक्छ, तर आत्ममूल्यांकन र विश्रामले मन हलुका हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)नयाँ कार्यमा लगाव बढ्नेछ, प्रतिस्पर्धीको मनोबल कमजोर हुने समय छ । परिवार प्रति समय दिने अवसर मिल्नेछ । एकान्त र आत्मविश्लेषणमा बित्ने समयले मानसिक ताजगी दिनेछ । पार्टनरका भावना बुझ्न प्रयास गर्नुहोस् । माता पिता तथा गुरूजनसँगको सम्बन्ध सुमधुर रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)मिहिनेतको सकारात्मक फल प्राप्त हुनेछ । प्रभाव र सम्मान बढ्नेछ । जीवन साथी र सन्तानको साथ मिल्नेछ, तर सामान्य विषयमा पनि विवाद हुन सक्छ, त्यसैले संयम राख्नुस् । चुनौतीहरू पार गरेर सफलता हात पार्ने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सिर्जनात्मक कार्यमा अग्रसर हुने दिन हो । लेखन, कला, संगीत वा अन्य प्रतिभाको प्रदर्शनबाट सराहना प्राप्त हुनेछ । पढाइ र परीक्षामा सफलता मिल्नेछ । प्रियजन र सहकर्मीका साथ सन्तुलन कायम गर्न आवश्यक छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुविधा बढाउने नाममा खर्च पनि बढ्न सक्छ । मनोरञ्जनमा अलमलिंदा महत्वपूर्ण कार्यमा ढिलाइ हुन सक्छ । आत्मीयजनसँग भेटघाटको योजना विफल हुन सक्छ । स्वास्थ्यमा उतारचढाव आउन सक्छ, सतर्क रहनुहोस् । घरायसी झमेलाबाट टाढा रहन मन लागे पनि केही कुराले चिन्ता दिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साथीभाइ वा आत्मीयजनसँग सहकार्यमा सफलता मिल्नेछ । पारिवारिक वातावरण सुखद रहनेछ । आर्थिक पक्ष मजबुत रहनेछ । खेलकुद वा स्वास्थ्य सम्बन्धी क्रियाकलापमा रुचि बढ्नेछ । करियर परिवर्तन वा उच्च शिक्षाको योजना बनाउने अनुकूल समय हो । तर व्यक्तिगत र सामाजिक जीवनमा सन्तुलन कायम राख्नु आवश्यक छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सम्बन्ध सुदृढ हुने र रमाइलो माहोल बन्नेछ । तर बोल्ने शैलीमा संयमता नअपनाए सानातिना झगडा हुन सक्छ । आर्थिक लाभको राम्रो समय हो । उच्च पदस्थ व्यक्तिको कृपाबाट फाइदा हुने सम्भावना छ । आम्दानीमा वृद्धि हुनेछ, बोलीकै आधारमा काम बन्ने संकेत छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)परोपकारी र सामाजिक कार्यमा संलग्नता बढ्नेछ । दाजुभाइ, चेलीबेटीसँग सम्बन्ध सुधारिनेछ । व्यापार व्यवसायमा लाभदायक दिन हुनेछ । विगतका त्रुटिहरू सच्याउँदै अघि बढ्न सकिनेछ । सकारात्मक सोचले मानसिक शान्ति दिनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)चिन्तन/मन्थनको समय छ । पढाइ वा करियरमा असन्तुष्टि बढ्न सक्छ । खर्च अचानक बढ्नेछ । आर्थिक साझेदारी गर्नुभएमा होसियार रहनुहोस् । कार्य क्षेत्रमा ढिलाइ वा बाधा आउन सक्छ । खास गरी समय व्यवस्थापनमा ध्यान दिनुहोस् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)लक्ष्य प्राप्तिका लागि आजको मिहिनेत फलदायी हुनेछ । विदेश यात्रा वा अध्ययनको योजना बनाउने राम्रो समय हो । दीर्घकालीन योजना बनाउन अनुकूल दिन हो । लगानी, साझेदारी, सहकार्य बारे छलफल गर्न उपयुक्त छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)आनन्ददायी वातावरणमा दिन बित्नेछ । तर, विलासितामा नियन्त्रण राख्नुपर्छ, अन्यथा झमेला आउन सक्छ । नयाँ समझौता, करार वा कारोबारबाट लाभ हुने सम्भावना छ । सञ्चार, प्लास्टिक, पेट्रोलियम वा रियल स्टेट क्षेत्रमा लाभ देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्