नेपाली बजारमा सुनको मूल्य आज नयाँ उचाइमा पुगेको छ। एकैदिन तोलामा १ हजार रुपैयाँले वृद्धि भई सुनको मूल्य २ लाख रुपैयाँको नजिक पुगेको हो।
सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् बिहीबार सुनको मूल्य १ लाख ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर तोलामा २३ सय २५ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उच्च विन्दुमा पुग्दै गएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जसले घरेलु बजारमा समेत मूल्य वृद्धिमा प्रत्यक्ष प्रभाव पारेको व्यवसायीहरू बताउँछन्।
प्रतिक्रिया दिनुहोस्