राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
पाँचथर फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा राईले मोफसल र राजधानी काठमाडौंमा रहेर विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव बटुलेका छन् ।
प्रतिक्रिया दिनुहोस्