काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष देशका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित विशेष समारोहमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सह-प्रा.डा. पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिप्रसाद पौडेल तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. भरत खत्रीले शपथ ग्रहण गरेका हुन्।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओलीले नवनियुक्त पदाधिकारीहरूलाई शुभकामना दिँदै स्वास्थ्य सेवा क्षेत्रमा स्वच्छ, पारदर्शी र जनमैत्री काममार्फत संस्थागत विश्वास हासिल गर्न आग्रह गरेका थिए। उनले नेतृत्वको भूमिका इमानदारीपूर्वक निर्वाह गर्न सकेमात्र प्रतिष्ठानहरूको सेवा र गुणस्तरमा आमूल सुधार सम्भव हुनेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस्