मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ । परिवार तथा साथीभाइको सहयोग प्राप्त हुनेछ । धन लाभको योग छ । व्यापार व्यवसायमा लगानी बढाउन सकिने समय हो ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आयआर्जनका स्रोत बढ्नेछन् । व्यापारमा राम्रो फाइदा हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् र मन प्रसन्न रहनेछ । अध्ययनमा प्रगति हुने दिन हो । व्यापारबाट धन लाभ हुनेछ । भौतिक साधन जुट्नेछ । कृषिउपज तथा पशुधनबाट पनि फाइदा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काममा स्थानान्तरण हुन सक्छ । लामो यात्राको सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि फाइदा हुनेछ । गरेका कामको प्रशंसा हुनेछ । नोकरीमा पदोन्नति तथा पढाइमा प्रगति हुने समय हो । घर जग्गा वा बन्धुबान्धवसँग असमझदारी बढ्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आर्थिक कारोवार अति आवश्यक बाहेक नगर्नु उचित हुनेछ । नोकरीमा पदोन्नति वा स्थानान्तरणको सम्भावना छ । विपरीत लिंगी प्रति आकर्षण बढ्नेछ । प्रेम र मित्रताको सम्बन्ध प्रगाढ बन्नेछ । तर नसोचेको धनहानि हुने दिन हो । काममा बाधा आउन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)भविष्यका लागि विशेष काममा जग बसाउने अवसर मिल्नेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । अस्वस्थताका बाबजुद दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन् । चोट पटक वा हाड जोर्नी सम्बन्धी समस्या देखिन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरेका कामको मूल्यांकन राम्रो हुनेछ । भौतिक साधन जुट्नेछन् । रोकिएका काम बन्नेछन् र आयआर्जनका स्रोत बढ्नेछन् । कृषि तथा पशुधनबाट लाभ मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)आटेको काममा सफलता मिल्नेछ । तपाईँको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति वा राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । समयमा निर्णय लिन नसक्दा अवसर गुम्न सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समयमा काम पूरा नहुँदा अवसर गुम्न सक्छ । जिम्मेवारी बढ्नेछ । जीवन साथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । अन्ध विश्वासको भरमा काम गर्दा दु:ख पाउने सम्भावना छ । धार्मिक काममा बाधा आउन सक्छ । तर रमाइलो भ्रमणको अवसर मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)व्यवसायिक काममा खर्च बढ्नेछ । अरूका काममा समय बित्न सक्छ । मान सम्मानसहित आम्दानी बढ्ने समय हो । जीवन साथीको सहयोगले लाभ र आनन्द प्राप्त हुनेछ । राष्ट्रियस्तरको मान सम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)नयाँ प्रेम सम्बन्ध बन्ने वा प्रेम विवाहमा परिणत हुने योग छ । खानपानमा ध्यान दिनु आवश्यक छ । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको सम्बन्ध प्रगाढ बन्नेछ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारको सहयोगले उत्साह बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जनमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष काम बन्नेछन् । दाम्पत्य जीवन सुमधुर बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)व्यापार व्यवसायमा संलग्नहरूलाई फाइदा हुनेछ । रुचिका क्षेत्रमा लगानी बढाउन सकिने समय हो । विभिन्न अवसरले पछ्याउने छन् । विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानी निम्त्याउन सक्छ । रोगले सताउन सक्छ ।
प्रतिक्रिया दिनुहोस्