काठमाडौं । उपसभामुख इन्दिरा राना हाल अमेरिका भ्रमणमा छिन्।
उनको सचिवालयका अनुसार उनी साउन ३० गते अमेरिका गएकी हुन् भने यही भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। सचिवालयले रानाको भ्रमणलाई व्यक्तिगत भनिएको छ।
तर, राना अमेरिका रहँदै गर्दा स्वदेशमा उनको पद गुम्ने सम्भावना बढेको छ। नेपाली कांग्रेस र नेकपा (एमाले) ले उनलाई पदबाट हटाउने उद्देश्यले हस्ताक्षर संकलन प्रक्रिया सुरु गरेका छन्।
प्रतिनिधिसभाभित्र आवश्यक समर्थन जुटाउने प्रयास ती दुवै दलले तीव्र बनाएका छन्। सत्ता समीकरण र नयाँ राजनीतिक सम्भावनाका बीच रानाको पदच्युत गर्ने तयारीलाई चर्चाको विषय मानिएको छ।
प्रतिक्रिया दिनुहोस्