Ads

चीन–भारतकाे लिपुलेक सहमति आपत्तिजनक छ, सबै दल एकढिक्का हाैँ: गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीन र भारतले लिपुलेक नाका सञ्चालन गर्ने सहमतिप्रति कडा आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभामा बोल्दै थापाले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न अङ्ग भएको भन्दै, सो मार्गमार्फत भएको द्विपक्षीय व्यापार सम्झौताले नेपालको सार्वभौमिकता उल्लंघन गर्ने टिप्पणी गरे ।

उनले कांग्रेसले यस्तो सहमति कहिल्यै स्वीकार नगर्ने स्पष्ट पार्दै राष्ट्रिय स्वार्थको प्रश्नमा सबै दल एकढिक्का भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिए । थापाले भने, “कांग्रेस दुई छिमेकीले गरेको यो व्यवहारप्रति गम्भीर असहमति प्रकट गर्दछ । यो आपत्तिजनक र अस्वीकार्य छ ।”

Ads

सम्बन्धित पोष्टहरू