Ads

कांग्रेसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना


काठमाडौं । विद्यालय शिक्षा विधेयकमा आफ्ना मागहरू समेट्नुपर्ने मागसहित नेपाल शिक्षक महासंघले आन्दोलनको सुरुवात गरेको छ।

त्यसैअन्तर्गत बुधबार महासंघले सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार यो पहिलो चरणको दबाब कार्यक्रम हो। कार्यक्रमअनुसार बिहीबार नेकपा (एमाले)को च्यासलस्थित केन्द्रीय कार्यालय र शुक्रबार नेकपा (माओवादी केन्द्र)को पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा धर्ना दिने तयारी गरिएको छ।

महासंघले विद्यालय शिक्षा विधेयकमा शिक्षकको हित र पेशागत मागहरू अनिवार्य समावेश गर्नुपर्ने अडान लिएको छ।

Ads

सम्बन्धित पोष्टहरू