Ads

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको दुई लाखभन्दा धेरै


नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ कि आज सुनको मूल्य प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो।

हिजो सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ थियो।

आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले वृद्धि भएको हो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर २ हजार ३ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू