Ads

रुपन्देही–३ उपनिर्वाचन : उम्मेदवार घोषणा अघि सभापति रविलाई भेट्न नख्खु पुगे रास्वापाका आकांक्षी


रुपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आकांक्षी नेताहरूले पार्टी सभापति रवि लामिछानेलाई भेट गरेका छन् ।

पार्टीले उम्मेदवार घोषणा गर्नुअघि आकांक्षीहरू ललितपुरस्थित नख्खु कारागार पुगेका हुन् । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई केही समयअघि मात्र भैरहवाबाट नख्खु सारिएको हो ।

रास्वपाले आजै सचिवालय बैठकमार्फत आधिकारिक उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ । सोही कारण आकांक्षीहरूले उम्मेदवार घोषणा हुनु अघि नै सभापतिलाई भेटेर आफ्नो पक्ष प्रस्तुत गरेका हुन् ।

पार्टीले उम्मेदवार बन्न आवदेन माग्दा ९ जना आकांक्षी छनोट भएका थिए । तीमध्ये केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही–३ का क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट फर्किएका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल रहेका छन् ।

कुसुम, मधु, सुलभ र जीतबहादुरबाहेक बाँकी पाँच जना भैरहवाका हुन् ।

रुपन्देही–३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहराको निधनपछि रिक्त भएको स्थानमा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।

Ads

सम्बन्धित पोष्टहरू