मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)विशेष योजना गोप्य राख्नुहोला, बन्न लागेको काम बिग्रन सक्ने सम्भावना छ । घरेलु समस्याले सताउँदा काममा अवरोध आउनेछ । त्यसै त्यसै दिक्क लाग्न सक्छ । आत्मविश्वास बढ्नेछ र दिनभर आफन्तको काममा समय बित्ने देखिन्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ योजनाहरू बन्ने दिन छ । परिश्रम गर्दा अरूको विश्वास जित्न सकिनेछ । अधुरा काम पूरा भई मन हर्षित हुनेछ । राम्रो कमाई हुनेछ । पठन पाठनमा पनि प्रगति हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)भौतिक साधन जुट्नेछन्, उठ्न बाँकी रकम उठ्ने दिन छ, जसले मन प्रफुल्ल बनाउनेछ । प्रयास गर्दा प्रेममा सफलता पाउने योग छ । वैवाहिक बन्धनमा बाँधिने सम्भावना छ । टाढाको यात्रा पनि हुन सक्छ । काम सजिलै बन्नेछन् । इच्छा शक्ति बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)ईर्ष्या गर्नेहरू सक्रिय हुनेछन् । छर छिमेकमा झगडा हुन सक्छ, सावधान रहनुहोस् । गलत विचार बढ्न सक्छ । समयमा निर्णय नहुँदा काममा अवरोध आउनेछ । झगडा एवम् विवाद पनि हुन सक्छ । शरीरमा आलस्यता छाउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)नयाँ काममा समय बित्नेछ तर नोकरीमा अल्छी लाग्न सक्छ । तर व्यापारमा सफलता मिल्दा मन रमाउनेछ । मनग्य धन कमाउने अवसर मिल्नेछ । जागिरमा पनि स्थिति ठिकै रहनेछ । मान सम्मान प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीमा लाभ मिल्नेछ । समग्रमा दिन रमाइलो हुनेछ । ठूला व्यक्तिको आशा र भरोसा तपाईं प्रति रहनेछ । बोलेका कुराले धेरै काम सहज हुनेछन् । धार्मिक कार्यमा मन जानेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)व्यवसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जानेछ । विविध लाभ प्राप्त हुनेछ । सहयोग र नयाँ मित्रको आगमनले मन प्रसन्न हुनेछ । धन लाभ हुनेछ । सोचेका काम बन्नेछन् । केही खर्च लागेपनि सोचेजस्तै काम सफल हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)उपचारमा खर्च हुने योग छ । सामान्य ज्वरो आउन सक्छ, खानपानमा होश पुर्याउनुहोस् । परिश्रमले लक्ष्य पूरा गर्न सकिनेछ । नोकरी वा राजनीतिमा केही अप्ठ्यारो आउन सक्छ । स्वास्थ्य प्रति विशेष ख्याल गर्नुहोस् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)विभिन्न अवसरहरू प्राप्त हुनेछन् । स्वास्थ्य राम्रो रहला, काम गर्ने जाँगर बढ्नेछ । नयाँ काम पाउने योग छ । पढाइमा प्रगति गरेर अघि बढ्न सकिनेछ । आय वृद्धि हुने दिन छ । नयाँ कामको अवसर मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । धन लाभ हुनेछ । आटे गरेका काम पूरा भई आर्थिक लाभ हुने सम्भावना छ । व्यापारमा सामान्य लाभ हुनेछ । कमाई बढ्दा सुख बढ्नेछ । विगतको श्रमबाट पनि लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)गरिएका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि अत्यन्त शुभ दिन छ । व्यापारमा गरेका प्रयासहरू सफल हुनेछन् । यात्रा रमाइलो हुनेछ । साथी भाइसँग भेटघाट हुनेछ । नौलो स्थानमा भ्रमणको सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)बाध्यतापूर्ण काममै समय बित्न सक्छ । व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्ला, सावधान रहनुहोस् । समय अनुकूल छैन । गलत विचार बढ्न सक्छ, समयमा सही निर्णय लिन गाह्रो पर्न सक्छ । रोगले सताउन सक्छ ।
प्रतिक्रिया दिनुहोस्