Ads

बेइजिङमा आयोजित विशेष सैनिक परेडमा प्रधानमन्त्री ओलीको सहभागिता


बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको बेइजिङमा आयोजित विजय उत्सवको ८०औँ वार्षिकोत्सव विशेष सैनिक परेडमा सहभागी भएका छन् ।

समारोहमा चीनका राष्ट्रपति सी चिनफिङले उपस्थित विभिन्न राष्ट्रका प्रमुख तथा सरकार प्रमुखलाई स्वागत गरेका थिए । परेड सकिएपछि प्रधानमन्त्री ओली राष्ट्रपति सीद्वारा आयोजित दिवाभोजमा समेत सहभागी भए ।

प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन चीन पुगेका हुन् । औपचारिक भ्रमण पूरा गरी उनी आजै स्वदेश फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तस्बिरहरु: एपी/एएफपी/सिन्ह्वा

Ads

सम्बन्धित पोष्टहरू