Ads

२०८२ भदौ २६ गते बिहीबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्ने खालको दिन छ । इमानदार प्रयत्न गर्दा समयको सदुपयोग हुनुका साथै सहयोगीहरूले पनि राम्रै सहयोग जुटाउनेछन् । घरेलु समस्यामा सल्टाउने कार्यमा आजको ज्यादा समय व्यतीत भएपनि त्यसबाट लाभ नै मिल्नेछ । अध्ययन तथा अध्यापन कार्यमा सुधार आउला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन आर्थिक पक्ष सबल रहनुका साथै आश मारेको विषयमा पुनः आशा जागृत हुनसक्छ । नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित हुने योग छ । तर, यात्रागत कार्यमा भने खासै सफलता मिल्ने देखिन्न । विशेष योजना थाती राख्नु उचित हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु हितकर होला । होला । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मिश्रित फलदायी दिन छ । नियमित कार्यमा केही चुनौती सामना गर्नुपरे पनि केही उपलब्धिकै काम हुने देखिन्छ । व्यवसायको चापले गर्दा प्रेमी-प्रेमिकासँग तथा दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन पैदा हुनसक्छ । स्वास्थ्य पनि पूर्णतः सबल नरहन सक्छ । व्यापार-व्यवसाय लाभप्रद नै रहला । व्यावसाय विस्तारका लागि यात्राको सम्भावना छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मनोकूलता वृद्धिको समय छ । रोकिएको काम बन्नेछ भने प्रतिष्पर्धीहरू परास्त हुनेछन् । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानी गर्न सकिने छ । नचिताएको स्थानबाट धनागमनको संकेत छ । सोख पूर्तिका लागि खर्च पनि केही बढ्ला । दाम्पत्य सम्बन्ध उत्साहजनक रहनेछ । प्रेमको बन्धन कसिनेछ । परिवारिक सुख वृद्धि हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): उत्साहप्रद समय छ । पराक्रम बढ्नुका साथै उद्योग तथा व्यापारमा विशेष फाइदा हुने देखिन्छ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । कतै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने योग छ । घरपरिवारबाट पनि सुखशान्ति मिल्नेछ । आरोग्यबल बढ्ला । रसरागका क्रियाकलापमा ध्यान आकर्षित हुनेछ । बौद्धिक एवम् कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सफलताका लागि धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । विपरीतलिङ्गीसँगको सम्बन्ध आत्मीय बन्नेछ । रोकिएका काम बन्नाले उत्साह जागृत होला । कडा मिहेनतले आफ्नो वर्चश्व स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रेमभाव वृद्धि हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न खोजेपनि सहयोगीहरूले साथ दिनेछन् । नियमित कर्ममा जाँगर बढ्नुका साथै चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । कृषिकर्ममा भने केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा पुग्नेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): बौद्धिक एवम् रचनात्मक कार्यमा सफलता मिल्ने समय भएपनि आजको दिन मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । सवारीसाधनको प्रयोगमा अपनाइएको सचेतनाका कारण चोटपटकबाट जोगिने योग छ । सिर्जनात्मक कार्यमा राम्रै प्रगति हुनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा सफलता मिल्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि विजयी बन्न सकिनेछ । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुने देखिन्छ । स्वास्थ्य सबल रहला । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): केही चुनौतीयुक्त समय छ । बन्दव्यापारबाट फाइदा हुनेछ भने आर्थिक पक्ष सबल नै छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुने देखिन्छ । आजको दिन धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर होला । कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । पुरानो गतिले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): इमानदारी र लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय भइपनि स्वास्थ्य केही कमजोर रहने सम्भावना भएकोले विशेष ध्यान राख्नु उचित होल । कर्मबल बढ्ने, आय वृद्धि हुने देखिन्छ । सुख आनन्द बढ्ला ।

Ads

सम्बन्धित पोष्टहरू