Ads

प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै सुदन गुरुङ समूहको बालुवाटारमा नाराबाजी


काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध सुदन गुरुङ समूहले मध्यराति नै बालुवाटारमा नाराबाजी गर्दै राजीनामा माग गरेका छन् ।

मन्त्री छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनीहरूले प्रधानमन्त्री कार्कीले तत्काल पदबाट हट्नुपर्ने माग अघि सारेका हुन् । विशेषगरी पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र कानुनविद् ओमप्रकाश अर्याललाई मन्त्री बनाउन लागेको तयारीप्रति उनीहरूको आक्रोश सार्वजनिक भएको हो ।

गुरुङ समूहले विशेषतः अर्यालको नामावलीलाई अस्वीकार गर्दै आफूहरूले सुरु गरेको आन्दोलनलाई अरूले ‘हाइज्याक’ गरेर सत्ता प्रवेश गर्ने प्रयास भइरहेको आरोप लगाए । उनीहरूको भनाइमा, “हामीले उठाएको आन्दोलनको मर्मलाई तोडमोड गरी केही व्यक्तिहरू व्यक्तिगत स्वार्थका लागि मन्त्री बन्ने खेलमा जुटेका छन् ।”

यसबीच, बालुवाटार परिसरमा उनीहरूले निरन्तर नाराबाजी गर्दै प्रधानमन्त्री कार्कीको तत्कालीन राजीनामाको मागलाई जोडदार रूपमा अघि सारेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू