Ads

सुनको मूल्य बढ्यो


काठमाडौँ,। आइतबार घटेको सुनको मूल्य आज एकसय रुपैयाँले बढेको छ।सुनको मूल्य आज तोलामा एकसय रुपैयाँ बढेर दुईलाख १५ हजार दुईसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य तोलाको दुईलाख १५ हजार एकसय रुपैयाँ थियो।

आज चाँदीको मूल्य पनि बढेर हालसम्मकै उच्च भएको छ। चाँदीको मूल्य आज तोलाको पाँच रुपैयाँ बढेर दुई हजार पाँचसय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू