काठमाडौं । इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक सोमबार विशेष ढंगले सम्पन्न भएको छ। मेयर हेमकर्ण पौडेलसहित कार्यपालिका सदस्यहरू आगलागीले क्षतिग्रस्त बनेको नगर कार्यालयको प्राङ्गणमै भुईँमा बसेर बैठक बस्न बाध्य भएका छन्।
गत भदौ २३ र २४ गते भएको जेन–जि आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकाको कार्यालयमा भीषण आगलागी भएको थियो। आगलागीले कार्यालय भवन प्रयोग गर्न अयोग्य बनेपछि कार्यपालिकाले वैकल्पिक ठाउँको खोजी गर्दा अस्थायी रूपमा प्राङ्गणमै बैठक सञ्चालन गरिएको हो।
भुईँमै बसेर कार्यपालिका बैठक सञ्चालन गर्दै मेयर पौडेलले आन्दोलनका कारण नगर प्रशासन प्रभावित भए पनि सेवाग्राहीलाई नछाड्ने प्रतिवद्धता व्यक्त गरे।
जेन–जि आन्दोलनकै क्रममा मेयर पौडेलको निजी घर र इटहरीकै प्रहरी कार्यालयमा समेत आगजनी भएको थियो। यस घटनाले प्रशासनिक कामकाज मात्र नभई स्थानीय सुरक्षा व्यवस्था पनि थप चुनौतीमा परेको छ।
प्रतिक्रिया दिनुहोस्