Ads

नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो २ बजे, संगीता मिश्राको ‘होल्ड’


काठमाडौं । नयाँ मन्त्रिपरिषदमा सिफारिस गरिएका पाँच जनामध्ये चार जनाले आज (आइतबार) दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा विज्ञान तथा प्रविधि मन्त्रीमा आविष्कारक तथा वैज्ञानिक महावीर पुन, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा टेलिभिजनकर्मी जगदीश खरेल, उद्योग, वाणिज्य तथा आपूर्ति तथा भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिल सिन्हा र कृषिमन्त्रीमा तत्कालीन राज्य पुनःसंरचना समितिका संयोजक मदन परियार नियुक्त भएका हुन्।

यद्यपि स्वास्थ्य विज्ञ डा. संगीता मिश्राको शपथ भने रोकिएको छ। कर्मचारीहरूको विरोध र अख्तियारमा उजुरी परेको कारण उनकाे पद तथा गोपनीयताको शपथ फिलहाल ‘होल्ड’ गरिएको सरकारी स्रोतले जनाएको छ।

यसरी मन्त्रीपरिषद् विस्तारसँगै सरकारको प्राथमिकता क्षेत्रमा नयाँ अनुहारहरूको प्रवेश भएको छ।

Ads

सम्बन्धित पोष्टहरू