काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बिहीबार बिहान प्रज्ञा भवन, कमलादीमा सुरु भएको छ।
बैठकमा महासचिव देव गुरुङले एजेन्डाहरू प्रस्तुत गरेका छन् भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ। प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले क्रमशः आफ्ना धारणा राख्ने तयारी गरिएको पार्टी स्रोतले जनाएको छ।
बैठकमा विशेष महाधिवेशनको तयारी, आसन्न आम निर्वाचन, पार्टी एकता लगायतका रणनीतिक विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्