मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउने योग छ । तथापि, नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना छ । स्वादिष्ट भोजनमा मन रमाउला । सहयोगीहरूले राम्रै साथ दिनेछन् । साझेदारीको काम पनि बन्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन केही चुनौतीयुक्त रहेपनि सोचेको काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । सामाजिक कार्यमा विशेष लगाव रहला । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । खर्चपनि केही बढ्ने देखिन्छ । नजिकका साथीभाइ टाढिन सक्छन् । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन कर्मबल बढेपनि काम बिग्रने डरले सताउन सक्छ । बेसुरमा वचन दिने बानीले सास्ती मिल्नसक्छ । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनुहोस् ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): शुभदयी दिन छ । दैनिक कार्यमा चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने देखिन्छ । नसोचेको ठाउँबाट धनलाभको सम्भावना छ । मनोरञ्जनात्मक यात्राको योग रहेको छ । आमाको माध्यमबाट विशेष काम बन्न सक्छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका मिल्ला । ठूलै फाइदाको आश्वासन पनि पाइने सम्भावना छ । विशेष योजनाहरू बन्नेछन् भने टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । तथापि, बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ, सजगताको दरकार छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । आज अनायसै धन खर्चनुपर्ने अवस्था आइपर्न सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता केही बढेपनि पारिवारिक जमघटमा मन रमाउने समय छ । भेटघाटको अलमलले नियमित कार्यमा असर गर्न सक्छ, तर सहयोगीहरूले राम्रै साथ दिनेछन् । प्रतिस्पर्धी परास्त होलान् । काममा सोचेजस्तै सफलता मिल्नेछ । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने र आजको लाभांश सुरक्षित वा सञ्चय नहुनसक्ने योग छ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काममा लगानीको समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । धन आर्जनको दृष्टिले शुभदायी योग छ । निकट सहयोगी ठानिएका ब्यक्तिबाट अलिक धोका पाइने सम्भावना छ, सचेत रहनुहोला । पराक्रम र उत्साहमा कमी आउनेछैन ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सहयोगीहरूबाट अपेक्षित साथ नमिलेपनि व्यक्तिगत मेहनतले प्रशस्त लाभ उठाउन सकिने समय छ । व्यापारमा पनि राम्रै फाइदा होला । विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त हुने योग छ । खर्चको मात्रा भने केही बढ्ने देखिन्छ । पराक्रमसँग जोडिएको कार्यमा सफलता मिल्नेछ । यात्रामा सुख र मिठो भोजन प्राप्त हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मिश्रित फलदायी दिन छ । लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ भने गरिएका कामको राम्रै मूल्यांकन होला । साझेदारीमा पनि फाइदा हुनेछ । उपहारका नाउँमा प्राप्त भएका बस्तु बेकामका हुनेछन् । आजको दिन स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । मित्रजनका साथ स्वादिष्ट भोजनको अवसर मिल्ने देखिन्छ, तर सबल स्वास्थ्यका लागि खानपानमा सतर्कताा अपनाउनु हितकर होला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): विभिन्न अवसरले पछ्याउने समय छ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काममा पनि रुचि जागृत हुनेछ । बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । तर, अनावश्यक वादविवादमा पर्नुबाट जोगिन सतर्कता अपनाउनु पर्नेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्ला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ, तर होसियारीका साथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कृषिकर्म र व्यावसायिक काममा राम्रै फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट पनि लाभ मिल्नेछ ।
प्रतिक्रिया दिनुहोस्