Ads

२०८२ असोज २४ गते शुक्रबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)धेरै बोल्ने बानीले दुःख पाइने सम्भावना छ, होस पुर्‍याउनुहोस् । धन नोक्सानीको योग पनि छ । सन्तानबाट अपेक्षित सहयोग नपाउँदा केही पीडा हुनेछ । स्वास्थ्यमा समस्या आउनुका साथै उपचारमा खर्च बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आफूभन्दा ठूला व्यक्तिको सल्लाह अनुसार चल्दा समर्थन र सहयोग पाइनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नतिको अवसर प्राप्त हुनेछ । जाँगरमा सुधार आउनेछ र आफन्तको सहयोगले रोकिएका कामहरू अघि बढ्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)गरिरहेको कामबाट लाभ हुने समय आएको छ । धन कमाउने अवसरहरू मिल्नेछन् । काममा जोश र जाँगर बढ्नेछ, आर्थिक तथा सामाजिक लाभ पाइनेछ । उद्योग वा कलकारखानामा लगानी गर्दा फाइदा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै रोकिएका कामहरू बन्न थाल्नेछन् । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)भौतिक साधन बिग्रिनाले लक्ष्य प्राप्त गर्न कठिनाइ हुनेछ । खर्च अत्यधिक बढ्ने सम्भावना छ । काममा लागे पनि कुन काम प्राथमिकतामा राख्ने भन्ने निर्णयमा अनिश्चितता हुनेछ । सोचेअनुसार काम नबन्ने र लगानीको रकम फिर्ता नहुने योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)मेहनतले प्रतिस्पर्धामा जित दिलाउन सक्छ । प्रयत्न गरेको काम छोटो समयमा पूरा हुनेछ । नयाँ लुगा र मीठा परिकारको आनन्द पाइनेछ । तथापि, आज समय अलमलमा बित्ने सम्भावना छ र काममा मन नलाग्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)आज धैर्यपूर्वक परिश्रम गर्ने दिन हो । प्रशंसकहरू बढ्नेछन् । आर्थिक कार्य फलदायी हुनेछन् । पारिवारिक सुख र आत्मबलमा वृद्धि हुनेछ । व्यापारमा पनि सोचेजस्तै फाइदा हुने दिन छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)अधुरा कामहरू पूरा हुने दिन हो । आर्थिक लाभका साथै पैतृक सम्पत्तिबाट फाइदा हुने सम्भावना छ । धार्मिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ । सवारी साधन वा नयाँ सामान किन्ने योग पनि देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)विवाद वा झगडामा पर्न सकिने योग छ, सावधान रहनुहोस् । शारीरिक तथा मानसिक आलस्य बढ्नेछ । अनावश्यक डर, तनाव र वादविवाद हुन सक्ने भएकाले आजको समय विशेष सावधानीपूर्वक बिताउनुहोस् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)परिवारजनसँग असमझदारी बढ्नेछ । मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हानी नभए पनि अरूका कारणले काममा बाधा आउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)प्रतिस्पर्धी माथि विजय प्राप्त हुनेछ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद र समृद्ध बन्नेछ । पर्यटकीय स्थल वा तीर्थस्थान भ्रमण हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)मनमा सद्विचार आउँदा उत्साह बढ्नेछ । मान–सम्मान प्राप्त हुनेछ । पारिवारिक समस्या समाधान हुनेछन् । महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । कृषिजन्य वा व्यापारिक क्षेत्रमा लाभ हुने सम्भावना छ ।

Ads

सम्बन्धित पोष्टहरू