मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ । प्राय सबै कामहरू बन्नेछन्, काममा साथ सहयोग पनि पाइनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा विचार पुर्याउनु होला । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । वैदेशिक कार्यमा असफल भई दुख पाउने योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)तपाइको बुद्धिको सहि प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ, अन्नको लाभ पनि होला । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ, आज कसैबाट समर्थन एवम् धन पाइने दिन छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)धनको लाभ अर्थात रुपैया पैसा कमाइने दिन छ, पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । आज तपाइलाई अनौठो तरिकाबाट धन लाभ हुन सक्छ । परिवारबाट सुखको अनुभुति पनि मिल्ला
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)अनौठो तरिकाबाट रुपैँया पैसा कमाइने छ, आज रमाइलो यात्राको योग पनि रहेको छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)आज तपाइलाई सामान्य रोगले सताउला, सावधान रहनु होला । साथै भौतिक सर सामानको पनि क्षति हुने दिन छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । भौतिक साधनको पनि क्षति हुने दिन छ, होस पुर्याउनु होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)बन्दैन भनेको काम पनि तपाइको अथक प्रयासमा बन्ने दिन छ, आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ, सोचे अनुसार काम सम्पन्न भने हुँदैन ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)आम्दानीका प्रशस्तै बाटाहरु खुल्ने दिन छ, ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ । अनावश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । बन्द व्यापारबाट लाभ मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)काम गर्न जाँगर आउनाले धनको लाभ होला, सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ । नँया काम सम्बन्धि योजना बनाउँदा फाइदा हुन सक्छ । साथै ब्यापार ब्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोट पटकको भय पनि छ । हात हतियारबाट जोगिएर काम गर्नुहोला, छरछिमेकसँग सामान्य मनमुटाव पर्ने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ, जागिरमा केही अल्छीपन छाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । कृषि कार्यबाट पनि फाइदा लिन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्