मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन केही खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । साहस बढ्नेछ । रोकिएको काम बन्ने समय छ । तर, आश्वासन दिएर झुक्याउनेहरू सक्रिय रहन सक्छन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्ने देखिन्छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । विशेष सभा–समारोहमा भाग लिने मौका जुर्ला । मानसम्मान पनि पाइनेछ । नयाँ कामको सुरुवात गर्दै हुनुहुन्छ भने योजना थाती राख्नु उचित हुनेछ । नियमित कार्यमा हैरानी बढ्न सक्छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नियमित कार्यमा सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । पढाइलेखाइमा प्रगति हुनेछ भने बुद्धिको सही उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । आँट–पराक्रम वृद्धिका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन मुलतः सरसफाइ, साजसज्जा एवम् वागबगैंचासम्बन्धी काममा आकर्षित होइएला । परिवारजनसँग आत्मीयता बढ्नेछ । स्वादिष्ट भोजनको आनन्द मिल्ला । नयाँ ज्ञान सिक्ने मौका जुर्ने देखिन्छ । पढाइलेखाइमा प्रगति होला । आत्मीयजनसँग भेटघाटको योग छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन केही चुनौतीयुक्त रहने देखिन्छ । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । महत्वपूर्ण कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सजगता अपनाइ अवसरको लाभ लिन विशेष प्रयत्न गर्नु उचित हुनेछ । कृषि तथा पशुपालनमा खासै राम्रो नभएपनि व्यापारमा राम्रै फाइदा हुने योग छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । प्रतिभा देखाएर अवसर हातपार्न सकिएला । सामाजिक एवम् आध्यात्मिक क्रियाकलापमा रुचि बढ्नेछ । स्वस्थानमा रही विभिन्न काम सम्पादन गर्न सकिनेछ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिएला । धैर्यले काम लिने प्रयत्न गर्नुहोला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सफलतादायी समय छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशु व्यवसायबाट विशेषलाभ हुने देखिन्छ । प्राकृतिक पर्यावरणमा रमाउने अवसर जुर्ला । नियमित कर्मबाट पनि राम्रै लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन होला ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन सुखदायी नै रहला । व्यवसायका लागि यात्राको सम्भावना छ । टाढाको यात्रा गर्ने प्रक्रिया पनि अघि बढ्न सक्छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । प्रेम प्रसङ्ग तथा दाम्पत्यजीवन सुखद रहला । उन्नति पदोन्नति एवम् आय वृद्धिको योग छ । शुभता बढेर रोकिएको काम बन्ने देखिन्छ । सामर्थ्य वृद्धि होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): कर्मबल बढ्ने समय भएपनि उद्योग तथा व्यापारमा सामान्यमात्र लाभ मिल्ने देखिन्छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने सम्भावना छ । खर्च वृद्धि हुने योग रहेकोले खर्च नियन्त्रणका लागि विशेष प्रयत्न गर्नु हितकर होला । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भाग्यबल वृद्धिका साथ आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । उत्साहजनक समाचारले हर्ष बढाउला । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ भने नियमित कार्य पनि सुचारु रहला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): केही व्यस्तता बढेपनि दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । सभा–समारोहमा सहभागी हुने अवसर जुर्ला । तार्किक क्षमता बढ्नेछ । आम्दानी वृद्धिका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइलेखाइमा प्रगति होला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): विभिन्न अवसरले पछ्याउनुका साथै बोलीको प्रभाव बढ्ने समय छ । नियमित कार्यबाट पनि राम्रै लाभ मिल्ला । अग्रजहरूको विशेष सहयोग जुट्नेछ । धनलाभको योग छ । चिताएको काम बन्ने र साझेदारीको कामले उत्साह जगाउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्