काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आगो भएको बताएका छन् । प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वर्तमान हालत ‘आगोसँग खेल्न खोज्दा’ भएको बताएका छन् ।
नेकपा मसाल (सम्पर्क केन्द्र) सँग एकता गर्दै उनले आफूलाई आगोको संज्ञा दिँदै यो संग खेल्ने दुस्साहस नगर्न समेत चुनौती दिएका छन् । उनले भने, ‘आगोसँग खेल्ने दुस्साहस नगर्नुहोस् । आगोसँग खेल्दा के भयो भने कोही बालुवाटारबाट बालकोट पुगे र ४ प्रदेशकै मुख्यमन्त्री चैट भयो ।’
अहिले पनि देशमा प्रतिक्रान्तिका षड्यन्त्र चलिरहेका प्रचण्डको भनाइ थियो ।
अहिले पनि देशमा दुइटा विचार र वर्गबीच ध्रुवीकरण देखा परिरहेको छ। गणतन्त्रलाई उल्ट्याउने षडयन्त्र भइ नै रहेको छ , उनले भने, ‘परास्त भएका सामन्ती तत्वहरु अहिले सक्रिय भएका छन्। तिनले प्रतिक्रान्ति र प्रतिगमनको प्रतिनिधित्व गरिरहेका छन्।’
प्रचण्डले गत साल पुस ५ गतेदेखि देशमा प्रतिगमन र प्रतिक्रान्तिको डरलाग्दो रुप आएको पनि बताए।
संविधान, लोकतन्त्र र त्यसका मूलभूत मान्यतालाई लत्याउँदै संविधान खारेज गर्ने र यो परिवर्तन उल्ट्याउने गरी कदम चालियो , तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीतिर लक्षित गर्दै उनले भने, ‘पार्टीमा अन्तरसंघर्ष चलेकाले प्रतिनिधिसभा विघटन गरिएको भनियो। त्यसबेला निकै ठूलो संघर्ष चलेको थियो। जरुरी परे हामी ठूलो क्रान्ति गर्न तयार छौँ भनेका थियौँ।’
ओलीले देशमा निकै ठूलो सेटिङ गरेको पनि उनले बताए। त्यसबेला निकै ठूलो सेटिङ थियो, त्यो भत्कियो। तर अहिले पनि ढुक्क हुने अवस्था छैन, उनले थपे, ‘अहिले पनि प्रतिक्रियावादीहरु षड्यन्त्रकै पक्षमा छन्। कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्नेलाई हामी चुनौती दिन्छौँ। तिमीहरुको षड्यन्त्र चल्ने छैन। सबै खाले चुनौती सामना गर्न नेपाली तयार छन्।’
दाहालले एमालेसँगको एकता जोगाउने आफूहरुको चहाना हुँदाहुँदै पनि जोगाउन नसकिएको बताए। सही राजनीति र विचारले एकता अघि बढोस् भन्ने थियो। तर एकतालाई सफल हुन नदिएको बताए ।
प्रतिक्रिया दिनुहोस्