Ads

वरिष्ठ सहायक थापाको बिदाइ


काठमाडौँ, । राष्ट्रिय समाचार समिति ९रासस० की वरिष्ठ सहायक मैना थापा रासस सेवाबाट निवृत्त भएका छन् ।

विसं २०४३ माघ १ गते सहायक दोस्रो तहमा प्रवेश गरेकी उन ३८ वर्ष नौ महिना १५ दिनको रासस सेवापछि यही कातिक १५ गते वरिष्ठ सहायक ९पाँचौँ तह०बाट निवृत्त भएको हो ।

रासस केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा रासस व्यवस्थापन, नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान शाखा रासस, राससम्बद्ध कर्मचारी सङ्घ, सङ्गठन र युनियनका तर्फबाट उनलाई बिदाइ गरियो ।

सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको इतिहासमा करिब चार दशक सेवा गरी महत्वपूर्ण भूमिका निर्वाह गरेकामा श्रीमती थापालाई धन्यवाद दिँदै सेवा निवृत्त जीवन सफल होस् भन्ने कामना गरे ।

उनले सकारात्मक सोचसहित सफलतापूर्वक जिम्मेवारी पूरा गरेकी सेवा निवृत्त थापाको यसपछिको पारिवारिक एवं सामाजिक जीवन पनि सफल हुने विश्वास व्यक्त गरे ।

महाप्रबन्धक सन्दीप राईले राससको इतिहास निर्माण तथा विकासमा कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले थापाले सम्पादन गरेका असल पदचापको संस्थाले अनुशरण गर्ने बताए ।

प्रशासन प्रमुख शीतलप्रसाद महतोले वरिष्ठ सहायक थापाले संस्थाका लागि गरेको योगदान र जिम्मेवारीबारे जानकारी गराए ।

सेवा निवृत्त भएकी थापाले प्रत्येक कर्मचारीले आफूले काम गरेको संस्थाप्रति सदैव गौरव गर्नुपर्नेमा जोड दिँदै राससको भविष्य उज्ज्वल रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा रासससम्बद्ध कर्मचारी सङ्घ, सङ्गठन र युनियन तथा पत्रकार महासङ्घ प्रतिष्ठान शाखाका तर्फबाट सेवानिवृत्त थापालाई उपहार प्रदान गरी बिदाइ गरियो ।

Ads

सम्बन्धित पोष्टहरू