Ads

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन


देवदह रुपन्देही। भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ ।

भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा रु नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार, भदौमा रु नौ अर्ब ७० करोड ६३ लाख नौ हजार र असोजमा रु नौ अर्ब २८ करोड ६७ लाख २० हजार सङ्कलन भएको छ ।

जेनजी आन्दोलनमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भन्सार कार्यालयले केही समय त्रिपालबाट सेवा प्रवाह गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू