काठमाडौं, । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिको बैठक सम्पन्न भएको छ । उपत्यका प्रदेश समितिको आईतबार बसेको छैटौं पूर्ण बैठकमा दोस्रो साधारणसभा तथा प्रदेश सम्मेलन आगामी पुस २ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै साधारणसभा प्रयोजनका लागि आगामी २५ मंसिरसम्म नयाँ सदस्य तथा नविकरणको काम सम्पन्न गरिसक्न जिल्ला शाखालाईसमेत अनुरोध गरेको छ ।
बैठकले साधारणसभा तथा प्रदेश सम्मेलन सम्पन्न गर्न प्रदेश अध्यक्षको संयोजकत्वमा जिल्ला शाखाका अध्यक्षसमेतलाई समेटेर मुल आयोजक समिति गठन गरेको छ । यस्तै, बैठकले उपाध्यक्ष वीर बहादुर लामाको संयोजकत्व र प्रविण श्रेष्ठ र रमा न्यौपाने ‘आज्र्या’ सदस्य रहेको व्यवस्थापन समिति, उपाध्यक्ष रोजिना थापा संयोजक र दिया चन्द र विनय महतो रहेको प्रचार प्रसार समिति, कोषाध्यक्ष अर्जुन पन्त संयोजक र अर्जुन तामाङ, माधव घिमिरे, घनश्याम अधिकारी ‘बैरागी जेठा’, अनिल गुप्ता र नेत्र न्यौपाने सदस्य रहेको आर्थिक व्यवस्थापन समिति र विष्णु निश्चल संयोजक रहेको विधान संशोधन सुझाव समिति गठन गरेको स्रोतले जनाएको छ ।
पाथसिड नेपाल प्रा.लिद्धारा सञ्चालित उकेरा डटकमको सिएमएसमा अज्ञात व्यक्ति तथा समूहले अनाधिकृत प्रवेश गरी प्रकाशित सामग्री हटाएकोप्रति बैठकले निन्दा व्यक्त गरेको छ । प्रकाशित समाचारप्रति चित्त नबुझे प्रेस काउन्सिल हुँदै अदालत जाने बाटो हुँदाहुँदै कानुनको समेत उल्लंघन हुने गरी गतिविधि गरेको ठहर गर्दै बैठकले प्रेस स्वतन्त्रता विरोधी कार्य रोक्न माग गरेको छ ।
नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाका पूर्वसभापति तथा अग्रज पत्रकार हरि लम्साल हाल अस्पतालमा उपचाररत् रहेकाले बैठकले उनको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छन् ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाका साधारण सदस्य खेमराज खनाललाई अभद्र व्यवहार मुद्दामा दोषी ठहर गरेको छ । नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संशोधन २०७५) को ७ (घ) अनुसार सदस्यता खारेज हुने प्रावधान रहेकाले निजको साधारण सदस्यता खारेज गर्ने निर्णय समेत गरेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्