Ads

अब देशलाई सही दिशामा फर्काउने समय आएको छ : महासचिव पोखरेल


नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई अब सही दिशामा फर्काउने अवसर आएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आज सार्वजनिक संदेश दिंदै उनले शान्ति, सुरक्षा र लोकतन्त्रको रक्षा गर्न सबैलाई एकताबद्ध हुन आग्रह गरे।

पोखरेलले मंसिर ५ गते राष्ट्रिय स्वयंसेवक फोर्स गठन गर्ने र मंसिर ६ गते काठमाडौंमा व्यापक जनप्रदर्शन आयोजना गरिन लागेको जानकारी दिएका छन्। उक्त कार्यक्रम राष्ट्रका महत्वपूर्ण प्रश्नमा जनमत संगठित गर्ने उद्देश्यले तय गरिएको उनको भनाइ छ।

“अब समय आएको छ— देशलाई सही दिशामा फर्काउने,” पोखरेलले भने, “मंसिर ५ गते राष्ट्रिय स्वयंसेवक फोर्सको गठन र मंसिर ६ गते काठमाडौंमा व्यापक जनप्रदर्शन— हाम्रो कर्तव्य, हाम्रो अधिकार! शान्ति, सुरक्षा र लोकतन्त्रका लागि एकताबद्ध बनौँ।”

उनका अनुसार राजनीतिक स्थिरता, नागरिक अधिकारको रक्षा र सुशासनका पक्षमा व्यापक जनसहभागिता आवश्यक छ, जसका लागि एमालेले संगठनात्मक गतिविधि सक्रिय रूपमा अघि बढाएको छ।

Ads

सम्बन्धित पोष्टहरू