Ads

जेन–जी आन्दोलनका घाइतेहरूको माइतीघरमा धर्ना, एमालेको कार्यक्रम रोक्न माग


जेन–जी आन्दोलनका क्रममा घाइते भएका युवाहरूले आज काठमाडौंस्थित माइतीघर मण्डलामा धर्ना दिएका छन्। उनीहरूले एमालेलाई माइतीघरमा कार्यक्रम सञ्चालन गर्न नदिन आग्रह गर्दै विरोध प्रदर्शन गरेका हुन्।

धर्नाका बीच प्रहरीले माइकिङ गर्दै माइतीघर क्षेत्रमा कुनै प्रकारको भेला अनुमति नरेखिएको बताउँदै प्रदर्शनकारीलाई संयमित रहन आग्रह गरिरहेको छ।

यसैबीच, नेकपा एमालेले आज आफ्ना जनवर्गीय संगठनहरूमार्फत ‘युथ भोलेन्टियर फोर्स (वाईभीएफ)’ घोषणा गर्ने कार्यक्रम तय गरेको छ। बिहान ११ बजे माइतीघरमै हुने उद्घाटन कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले फोर्सको औपचारिक घोषणा गर्नेछन्। कार्यक्रमअन्तर्गत मार्च पास समेत आयोजना गरिने बताइएको छ।

Ads

सम्बन्धित पोष्टहरू