काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छोरीहरूमा छोरासरह लगानी गर्नु आवश्यक नभएसम्म वास्तविक लैङ्गिक समानता सम्भव नभएको स्पष्ट पारेकी छिन्।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन मङ्गलबार आयोजित कार्यक्रममा उनले अभिभावक र परिवारलाई छोरीमाथि शिक्षा र अवसरमा हिचकिचाउनु नहुने सन्देश दिइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “वास्तवमा मनैदेखि छोरीमाथि लगानी छैन। सहरबजार र शिक्षित परिवारमा छोरीलाई छोरासरह शिक्षा दिए पनि ग्रामीण तथा विकट क्षेत्रमा अझै छोरीलाई अवसरबाट वञ्चित गरिएको पाइन्छ। उनीहरूले समानता बुझ्नै पाएका छैनन्। गरिबीमा समानता हुँदैन। खानै छैन, कसरी समानता आउँछ।”
उनले अभियानको अवसरमा अभिभावकहरूलाई छोरीमाथि शिक्षादेखि स्वास्थ्य, पोषण र आत्मनिर्भरता निर्माणसम्म समान अवसर र लगानीको महत्व बुझ्न आग्रह गरे। उनका अनुसार, छोरीमाथि समान लगानी नगरी समाजमा वास्तविक लैङ्गिक समानता ल्याउन असम्भव छ, र यसलाई मात्र दुरुपयोग र विभेदबाट मुक्त समाज निर्माण गर्न सकिन्छ।
प्रधानमन्त्री कार्कीले अभियानको सुरुवातमै ग्रामीण भेग र विकट क्षेत्रका समुदायसम्म समान अवसरको सन्देश पुर्याउन सकारात्मक भूमिका खेल्न सबैलाई आह्वान गरेकी छिन्।
प्रतिक्रिया दिनुहोस्