Ads

राष्ट्रपतिसँग बिदाइ भेट


काठमाडौँ, । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले राष्ट्रपतिभवनमा आज बिदाइ भेट गरे ।

त्यस अवसरमा उनीहरुबीच नेपाल र साउदी अरबबीचको सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले साउदी राजदूतलाई सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएकामा धन्यवाद दिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू