Ads

एसिसी यू–१९ प्रिमियर कपको उपाधिका लागि युएईसँग भिड्दै नेपाल


काठमाडौं । एसीसी यू-१९ प्रिमियर कपको उपाधि जित्न नेपालले १४८ रनको लक्ष्य दिएको छ ।

युएईमा जारी फाइनल खेलमा नेपालविरुद्ध घरेलु टोली ४५ ओभर ५ बलमा १४७ रनमा अलआउट भयो । यूएईलाई सस्तोमा समेट्न नेपालका दयानन्द मण्डलले सर्वाधिक ६ विकेट लिए ।

उनले ६ ओभर ५ बलमा १७ रन खर्चेर ६ विकेट लिए । अपराजित पौडेल २ तथा नितेज पटेल र अशोक धामीले एक-एक विकेट लिए ।

ब्याटिङमा युएईका अहमद खुदाददले सर्वाधिक ७१ रन बनाए । नुरुउल्ला आयोबीले २६ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।

Ads

सम्बन्धित पोष्टहरू