Ads

काठमाडौंको टुँडिखेलमा यसरी मनाइयो विश्व ध्यान दिवस (तस्वीरहरू)


संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व ध्यान दिवस’ मनाइएको छ । संयुक्त राष्ट्रसंघले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि ध्यान दिवस मनाइँदै आएको छ । संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ ।

गत वर्ष ७ डिसेम्बरमा संयुक्त राष्ट्रसंघले २१ डिसेम्बरलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो । सोही वर्ष पहिलोपटक टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो । यस वर्ष पनि शिक्षा, विज्ञान प्रविधि मन्त्रालयको आयोजनामा यो दिवस मनाइएको हो ।

नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’का रूपमा विकास गर्नुपर्ने यस क्षेत्रमा लागेकाहरूको भनाइ छ । ११ वर्षको निरन्तर प्रयासपछि राष्ट्रसंघले ध्यान दिवसलाई मान्यता दिएको हो । सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । गत वर्ष ७ डिसेम्बरमा राष्ट्रसंघको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो ।

Bishwo-Dhyan-Diwas_-1766292121.jpg

Bishwo-Dhyan-Diwas_-(8)-1766292109.jpg

Bishwo-Dhyan-Diwas_-(6)-1766292107.jpg

Bishwo-Dhyan-Diwas_-(10)-1766292102.jpg

Bishwo-Dhyan-Diwas_-(12)-1766292097.jpg

Bishwo-Dhyan-Diwas_-(11)-1766292088.jpg

Bishwo-Dhyan-Diwas_-(5)-1766292087.jpg

Bishwo-Dhyan-Diwas_-(2)-1766292077.jpg

Bishwo-Dhyan-Diwas_-(3)-1766292071.jpg

Bishwo-Dhyan-Diwas_-(13)-1766292077.jpg

Bishwo-Dhyan-Diwas_-(9)-1766292071.jpg

Ads

सम्बन्धित पोष्टहरू