Ads

हेटौँडा सडक विस्तारका पीडितहरू माइतीघरमा, बाजासहित विरोध प्रदर्शन (तस्वीरहरू)


हेटौँडा सडक विस्तारका पीडितहरूले माइतीघर मण्डलामा बाजासहित विरोध प्रदर्शन गरेका छन् ।

सडक विस्तारका लागि सरकारले निजी सम्पत्तिमाथि डोजर चलाएको र पीडितलाई उचित क्षतिपूर्तिसमेत उपलब्ध नगरेको उनीहरूको गुनासो छ ।

सो विषयमा सरकारले कुनै पनि माग सम्बोधन नगरेको हुनाले हेटौँडाबाट माइतीघरमा आई प्रदर्शनी गर्नुपरेको हेटौँडा बसोबास संरक्षण समितिका सदस्य भुवन श्रेष्ठले जानकारी दिए ।

हेटौँडामा २५ गजको सडक सीमाभित्रका मुख्य बजार क्षेत्रका घरटहराहरू सरकारी पक्षले भत्काएपछि त्यहाँका स्थानीयहरूले प्रदर्शन गरेका हुन् । माइतीघरमा भेला भएर उनीहरूले प्ले कार्ड प्रदर्शन गरेर र धिमे बाजा बजाएर विरोध प्रदर्शन गरेका हुन् ।

Hetauda-Sadak-Pidit-Protest_-443-1766466339.jpg

Hetauda-Sadak-Pidit-Protest_-451-1766466338.jpg

Hetauda-Sadak-Pidit-Protest_-449-1766466333.jpg

Hetauda-Sadak-Pidit-Protest_-454-1766466331.jpg

Hetauda-Sadak-Pidit-Protest_-455-1766466324.jpg

Hetauda-Sadak-Pidit-Protest_-450-1766466321.jpg

Hetauda-Sadak-Pidit-Protest_-453-1766466316.jpg

Hetauda-Sadak-Pidit-Protest_-442-1766466307.jpg

Hetauda-Sadak-Pidit-Protest_-452-1766466305.jpg

Hetauda-Sadak-Pidit-Protest_-447-1766466300.jpg

Hetauda-Sadak-Pidit-Protest_-444-1766466299.jpg

Hetauda-Sadak-Pidit-Protest_-445-1766466284.jpg

Hetauda-Sadak-Pidit-Protest_-446-1766466284.jpg

Ads

सम्बन्धित पोष्टहरू