मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )कार्यक्षेत्रमा आफ्नो प्रतिभालाई प्रदर्शित गर्न सकिनेछ। नोकरी वा पेशामा उच्च अधिकारीहरू सहयोगी सिद्ध हुनेछन्। व्यापार व्यवसायमा सानो परिश्रमले राम्रो लाभ उठाउन सकिनेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )वैदेशिक रोजगारमा सफलता मिल्नेछ। प्रतियोगी परीक्षामा संघर्ष गर्नुपर्ला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आलस्यले गर्दा चुनौतीहरूको सामना गर्नुपर्ला।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )नयाँ योजनातर्फ अग्रसर भइनेछ। शत्रुहरूले झुक्याउन सक्लान् सावधान रहनुहोला। शेयर बजारबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )भविष्यलाई लिएर योजनाहरू कोरिनेछन्। आयस्रोत सबल रहनेछ। रोग र शत्रुबाट छुटकारा मिल्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )धार्मिक स्थलमा मठमन्दिर तर्फ घुमफिरका योग छन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। उच्च शिक्षालाई लिएर विदेशतिरको मार्ग प्रशस्त हुनेछ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )खानपिनमा सजगता अपनाउनुहोस्। बोलिको विपरीत अर्थ लाग्नेछ। कार्यक्षेत्रलाई लिएर आफन्तहरूबाट टाढिनुपर्ला। शत्रुहरू सक्रिय रहनेछन्।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूको लागि लाभ रहनेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )समयमा होस् नपुर्याउँदा खर्च बढ्नेछ। शुभचिन्तकको कुराहरूलाई वेबास्था नगर्नुहोस्। अरुको लागि बुद्धि र धन खर्च गर्नुपर्ला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )शिक्षाको क्षेत्रमा गुरुजनहरूको साथ मिल्नेछ। योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। अप्ठ्यारो चुनौतीहरूको भित्र अवसर खोज्न सकिनेछ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तुको लाभ हुनेछ। कीर्तिमान काम गर्ने समय रहेको छ। आफन्तहरूको मध्य कुनै कुरालाई लिएर विवाद बढ्नेछ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )प्रतिक्षा गरेको काम छिटै सम्पादन हुनेछ। भाग्यको साथ पाइनेछ। लगनशीलताले नाम,काम र दाम कमाउन सकिनेछ। सहयोगीहरूको साथ मिल्नाले नँया कार्यप्रति हिम्मत मिल्नेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )पारिवारिक सद्भावमा वृद्धि हुनेछ। आफन्तहरू मध्य स्वादिष्ट भोजनको आनन्द मिल्ला। बोलिको माध्यमले अरुलाई प्रभावित पार्न सकिनेछ। आर्थिक पक्ष बलियो बन्नेछ।
प्रतिक्रिया दिनुहोस्