आज जनवरी १, सन् २०२६ का दिन राष्ट्रिय पोशाक र टोपी दिवस देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै छ । यस वर्ष ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ १३औँ राष्ट्रिय पोशाक र टोपी दिवस विभिन्न युवा संस्थाहरूको आयोजनामा काठमाडौंको वसन्तपुरमा मनाइयो ।
कार्यक्रममा सहभागीहरूले नेपाली दौरा–सुरुवाल, ढाका टोपी र गुन्यु–चोली लगाएर नाचगान गर्दै एक–अर्काबीच शुभकामना आदान–प्रदान गरे ।
नेपाली पहिचानका प्रतीक दौरा–सुरुवाल, ढाका टोपी र गुन्यु–चोलीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले २०७० सालदेखि सुरु गरिएको यो अभियान हरेक वर्ष १ जनवरीमा मनाइँदै आएको छ । पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमार्फत यसको व्यापक प्रचार–प्रसार भइरहेको छ ।
तस्वीरहरू
-1767241098.jpeg)
-1767241098.jpeg)
-1767241098.jpeg)
-1767241097.jpeg)
-1767241097.jpeg)
-1767241097.jpeg)
-1767241097.jpeg)
-1767241096.jpeg)
-1767241096.jpeg)
-1767241096.jpeg)
-1767241095.jpeg)
-1767241095.jpeg)
प्रतिक्रिया दिनुहोस्