Ads

नेपालका लागि चिनियाँ राजदूतमा झाङ मामोनिङ आउने


चीनले झाङ मामोनिङलाई नेपालका लागि नयाँ राजदूतका रूपमा पठाउने निर्णय गरेको छ।

चिनियाँ विदेश मन्त्रालयको एसिया विभागमा डेपुटी डाइरेक्टरका रूपमा कार्यरत मामोनिङलाई नेपालका लागि राजदूत नियुक्त गर्न लागिएको हो।

चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार उनलाई नेपालका लागि राजदूतका रूपमा पठाउने निर्णय गरेका हुन्। हाल नेपालका लागि कार्यरत चिनियाँ राजदूत चेन सोङ्ग बढुवा भई बेइजिङ फर्किएपछि उनको स्थानमा मामोनिङलाई काठमाडौँ पठाउन लागिएको जनाइएको छ।

झाङ मामोनिङ चीनको परराष्ट्र सेवामा अनुभवी कूटनीतिज्ञका रूपमा परिचित छन्। एसिया मामिला हेर्ने महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका उनले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नेपाल र चीनबीच राजनीतिक, आर्थिक तथा कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने सन्दर्भमा उनको कार्यकाललाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू