Ads

२०८२ पुष १८ गते शुक्रबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सुखद समाचारले दिन उत्साहपूर्ण तुल्याउला । स्वास्थ्य सबल रहनेछ भने नियमित काममा पनि फाइदाको योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । दिगो फाइदाका लागि लगानी बढाउने योजना छ भने अघि बढ्नु उचित होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पराक्रम वृद्धि भई रोकिएका कामले पूर्णता पाउने समय छ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । परिवारिक सुख वृद्धिले उत्साह बढाउला । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा पनि प्रगति हुनेछ । इष्र्या गर्नेहरूको मनोबल कमजोर रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन सानातिना काम तथा घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । तथापि, पीडक पक्षबाट छुटकारा मिल्ने समय छ । सबल स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान दिनु उचित होला । छरछिमेकमा असमझदारी बढ्ने सम्भावना रहेकोले होसियारीसाथ काम लिनुहोला

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नियमित कार्यमा केही जोखिम बढेपनि चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ । इष्र्यालु मन भएकाहरूले काम बिगार्न सक्छन् । तथापि बुद्धिको उपयोगले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बोली र ब्यक्तित्वको प्रभावले लाभ उठाउन सकिने समय छ । प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ भने भौतिक साधन जुट्नाले प्रशन्नता मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुने देखिन्छ । पहिलेको सफलताले उत्साह जगाउला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कार्यगतिका साथ मान-महत्व बढ्ने समय छ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिनेछ । साथीभाइको साथ-सहयोगले पराक्रम बढ्ला । समस्यामा आफन्तजनको साथ प्राप्त हुनेछ । आयआर्जन राम्रै हुने देखिन्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सहयोगीहरूले विपक्षीलाई साथ दिनाले केही चुनौती बढ्नसक्ने दिन छ । प्रतिष्ठित कर्मको अवसर जुरेपनि विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन् । सहयोगीहरूको भर नपरी आफ्नै प्रयत्नले कार्य सिद्ध गर्नु खोज्नु हितकर हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । ब्यस्तता बढ्नेछ भने मेहनत एवं मित्रजनको साथ-सहयोगले लाभ उठाउन सकिनेछ । व्यवसायिक काम बन्नेछन् । तर, परिस्थितिअनुसार चल्न नसक्दा कष्टको अनुभूति हुनसक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने बौद्धिक र रचनात्मक कार्य बन्ने दिन छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिएला । साथ दिनेहरू बढ्नेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आयआर्जनका स्रोत वृद्धिको योग छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छाशक्ति बढ्नुका साथै लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने योग छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनसक्ने समय छ । हिम्मतले काम बनाउन सकिएला । मनमा डरको भाव रहेपनि तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ । आर्जित धन खर्च हुन सक्छ तर आफ्नै प्रयासले लाभ मिल्नाले क्रयशक्ति वृद्धि होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मिश्रित फलदायी समय छ । आजको दिन प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । अधिकारका लागि केही संघर्ष हुन सक्छ । व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । अर्थअभाव खट्किए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ ।

Ads

सम्बन्धित पोष्टहरू