मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन मिश्रित फलदायी रहला । आम्दानीको बाटो बिगार्नेहरू सक्रिय रहन सक्छन् भने श्रमको उचित मूल्य नमिल्न सक्छ । खर्च बढ्ने र सन्तानपक्षबाट खोजेजस्तो सहयोग नपाउदा पीडाबाोध हुन सक्छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शुभ र सफलतादायी समय छ । इर्ष्या गर्नेहरूले दुःख दिने प्रयास गरेपनि विवेकको सही प्रयोगले विजय हासिल होला । आरोग्यबल बढ्ने र दूरगामी महत्वको काम अघि बढ्ने योग छ । बौद्धिक तथा सिर्जनात्मक कार्यमा पनि सफलता मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिने दिन छ । आरोग्यबलका साथै प्रेमभाव वृद्धि हुनेछ । गर्दै आएको कामबाट विशेष लाभ मिल्ने समय आएको छ । उद्योग तथा कलकारखानामा लगानी गर्नेहरुलाई विशेष लाभ हुने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आफन्तजनको साथले पारिवारिक समस्याको समाधान मिल्ला । आय वृद्धि हुने र सकारात्मक प्रभाव बढ्ने योग छ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): वौद्धिक कार्यमा सफलता मिल्ने समय भएपनि आजको दिन त्यति सुखकारी रहने देखिन्न । नियमित कर्ममा रुचि बढे पनि परिणाम सकारात्मक हासिल नहुँदा खिन्नता बढ्न सक्छ । खर्च बढ्नेछ भने ब्यर्थको झमेला निम्तिने योग छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । भाग्यबल बढ्ने र पारिवारिक सुखशान्ति रहने देखिन्छ । प्रतिस्पर्धाको दौडमा विजयी बनिएला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भागदौड वृद्धि भए पनि आज मनोकूलको काम बन्नेछ । रसरागमा रुचि रहला । धैर्यधारण गरी परिश्रम गरे आज गरेका कामको परिणाम सुखद निस्किने छ । प्रशंसकहरू बढ्नेछन् ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कर्मबल बढ्ने र अधुरो काम सम्पन्न हुने खालको दिन छ । कीर्तिमानी काम हुन सक्छ, लगनशील रहनुहोला । कतै अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा फेरि प्रयत्न गर्नुहोला, सफलता मिल्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । प्रतिभाको कदर हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । रचनात्मकता बढ्नेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ने योग छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): चुनौतीले भरिएको दिन छ । अनुकूलताको आश गर्दागर्दै समय प्रतिकुल बन्न सक्छ । आज केही विवादमा पर्न सकिने योग भएकोले सावधान रहनु हितकर होला । व्यवहारिक समस्याले पिरोल्न सक्छ । परिवारजनसँग असमझदारी पैदा हुनुका साथै मान्यजनको सुझाव अप्रिय लाग्ने योग छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन रमाइलैसँग बित्ने देखिन्छ । सन्तान वा सहयोगीका माध्यमबाट महत्वपूर्ण काम बन्नेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने योग छ । आरोग्यबलका साथै अनुकूलता वृद्धि हुनाले नियमित कार्यमा उत्साह बढ्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): शुभदायी समय छ । महत्वपूर्ण कार्यमा सफलता मिल्नुका साथै पराक्रम, उत्साह र आनन्द बढ्नेछ । अधुरा काम बन्ने तथा नयाँ काम प्राप्तिको योग छ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख होला ।
प्रतिक्रिया दिनुहोस्